लमजुङ । आगामी ४ मंसिरमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले उम्मेदवारी स्थगित गरेको बताएका छन् । प्रतिनिधि सभाका उमेदवारद्वय नेपाली कांग्रेस (बिपी) का डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्र गुरूङले उम्मेदवारी स्थगित गरेर सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गरेका हुन् । यसबारे जानकारी दिन उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।
लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका थिए । अब आठ उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । जसमा सत्ता गठबन्धनबाट गुरुङ र एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उनीहरूबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका टकबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजंग गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्यालले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएर सरकार टिक्यो : देव गुरुङ
प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ
माओवादी नेता देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ