सोमबार तीन वटा पार्टीको घोषणापत्र सार्वजनिक हुँदै

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, २१ : २०
सोमबार तीन वटा पार्टीको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं । सोमबार एकैदिन तीन वटा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् । 
माओवादी केन्द्रले सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय मीनभवनमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने समय तय गरेको छ भने राप्रपाले थापागाउँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम राखेर साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्दैछ । 

यसअघि कांग्रेस, नेमकिपासहितका केही दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने घोषणापत्र सार्वजनिक गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस