पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

एजेन्सी

आइतबार, १३ कार्तिक २०७९, १० : १८
पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

एजेन्सी । पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । 

मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस