काठमाडौं । सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ"लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् । स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद नहाेउला, म फेरि मन्त्री बनौला या नबनाैला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् ।
जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरु, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’
राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफुले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता
‘मल अभाव हुन नदिन सरकार तत्पर छ’ : मन्त्री चौधरी
‘प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक’ : मन्त्री चौधरी
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी