चितवनको एक ग्यारेजमा आगलागी, ३२ वटा मोटरसाइकलमा क्षति

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, ११ : २३
चितवनको एक ग्यारेजमा आगलागी, ३२ वटा मोटरसाइकलमा क्षति

चितवन ।  चितवनको रत्ननगरनगरपालिका १ सौराहाचोकस्थित एक ग्यारेजमा आगलागी भएको छ । खैरहनी नगरपालिका ६ का रामचन्द्र कोईरालाले सञ्चालन गरेको न्यु कालिका अटो पार्टसरकालिका मोटर पार्टसमा आज ९मंगलबार० बिहान ३स्५० बजे आगलागी भएको हो । उक्त ग्यारेजमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले बिहान ५स्५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट यामाहा कम्पनीको १२ वटा नयाँ मोटरसाइकल र २० भन्दा बढी पुरानो मोटरसाइकल क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस