बाइडेनले ह्वाइट हाउसमा मनाए दिपावली

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १० : ४९
बाइडेनले ह्वाइट हाउसमा मनाए दिपावली

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दीपावली मनाएका छन् । यसै क्रममा दुवैजना समारोहमा उपस्थित माझ पुगेर दीपावलीको शुभकामना दिएक थिए । कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् । सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो ।

राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा सम्बोधन गर्दै दीपावलीको शुभकामना दिएका छन् । यससँगै उनले हतियार समर्थकलाई कडा सन्देश पनि दिएका छन् । यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो सम्बोधनमा प्रकाश पर्वलाई बधाई दिएकी छन् ।

अमेरिकी उपराष्ट्रपति ह्यारिसले ह्वाइट हाउसमा दिपावाली मनाउन आयोजना गरेको स्वागत समारोहमा पहिलो पटक सम्बोधन गर्दै राति विश्वभरका एक अर्बभन्दा बढी मानिससँग मिलेर दीप प्रज्वलन गरी नराम्रोमाथि राम्रोको विजय, अज्ञानमाथि ज्ञान र अन्धकारमाथि प्रकाशको उत्सव मनाउने गरेको बताइन् ।

उपराष्ट्रपति ह्यारिसले धेरै संस्कृति झैं दीपावलीले पनि एक अर्कामा र आफूमा संसारको उज्यालो देख्ने स्मरण गराएको बताइन् । यसले हामीलाई शान्ति, न्यायको लागि लड्नु पर्छ भनेर सम्झाउँछ, चाहे जतिसुकै बलले घृणा र विभाजन फैलाउन जारी राख्छ ।

उपराष्ट्रपति पछि, राष्ट्रपति जो बाइडेनले समारोहलाई सम्बोधन गरेका थिए । बाइडेनले भने, हामी तपाईंलाई होस्ट गर्न पाउँदा सम्मानित छौं । ह्वाइट हाउसमा मनाइने यो पहिलो दीपावली हो । हामीसँग इतिहासमा पहिलेभन्दा धेरै एसियाली(अमेरिकीहरू छन् । दीपावलीलाई अमेरिकी संस्कृतिको हिस्सा बनाउनु भएकोमा हामी तपाईंलाई धन्यवाद दिन्छौं ।

राष्ट्रपति बिडेनले भने, दीपावलीले हामीलाई सम्झाउँछ कि हामी प्रत्येकसँग संसारमा उज्यालो ल्याउने शक्ति छ । यो एक छनौट हो र हामी यसलाई हरेक दिन रोज्छौं ।

राष्ट्रपति जो बाइडेनले पनि आफ्नो सम्बोधनमा हतियार लबीलाई कडा सन्देश दिए । उनले भने, म जानु अघि ९मेरो कार्यकाल समाप्त गरेर० हामी आक्रमण हतियार प्रतिबन्ध गर्नेछौं । पहिले पनि गरेका थियौं, फेरि पनि गर्नेछौं । हिंसात्मक अतिवाद एक खतरा हो। यो देशमा घृणाको लागि सुरक्षित आश्रय हुन सक्दैन । पछिल्ला केही महिनाहरूमा अमेरिकामा गोलीकाण्डका धेरै घटनाहरू भएका छन्स जसमा कैयौं निर्दोषले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस