अर्पण शर्माले राखे अर्को विश्व रेकर्ड

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, ११ : २८
अर्पण शर्माले राखे अर्को विश्व रेकर्ड

काठमाडौँ । अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे। ‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर उक्त विश्व कीर्तिमान कायम गरेका हुन्।

उनले भने, ‘ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो।’ अपर्णले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए।

भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गरेको उल्लेख गर्दै उनले भने, ‘मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताएँ, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो।’

उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस