काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो मंसिर ४ को चुनाव आफूहरुले नजिते देश दुर्घटनामा पर्ने बताएका छन् । आज धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी भेलामा सम्बोधन गर्दै उनले चुनाव गठबन्धनले नै जित्नुपर्ने जिकिर गरे । गठबन्धनले नजितेमा देश दुर्घटनामा जाने उनको भनाइ छ ।
उनले भने, ‘हामी माथि नेतृत्व तहमा गठबन्धनमा आबद्ध सबै दलका केन्द्रीय नेताहरु एक छौँ । प्रदेश तहका गठबन्धनका साथीहरुसँग पनि हामी साथमै छौँ र केन्द्रमा हाम्रो मत एकै छ भन्नका लागि यहाँ आएका हौँ । आगामी चुनावमा गठबन्धनको जित सुनिश्चित गर्नुपर्छ, यो हाम्रो अपिल हो ।’
संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको एक विशिष्ट परिस्थितिमा यो गठबन्धन बनेको भन्दै उनले भने, ‘मंसिर ४ को निर्वाचनबाट देशमा विकास र समृद्धि तथा परिवर्तनका उपलब्धि रक्षा गर्नेछौँ ।’
अध्यक्ष प्रचण्डले नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन समेत रहेको र त्यसले वर्तमान संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको आरोप समेत लगाए । त्यसैले पनि संविधान र गणतन्त्र रक्षा गर्न आफुहरुलाई जिताउनुपर्ने, नत्र देशमा दुर्घटना निम्तिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’