काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दाहित्व भएकाे बताएका छन् । काठमाडाैँ आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए ।
'प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,' उनले भने । राजनीति अस्थिरताका कारण मुलुककाे समस्याको जहाँकाे त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणकाे प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएकाे खानेपानी, फाेहाेर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने याेजनासहित आफू फेरि जनतामाझ आएकाे बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह