विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउँछु : उमेश श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, ०९ : २९
विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउँछु : उमेश श्रेष्ठ

चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन । शुक्रबार ईच्छाकामना गाउँपालिका विकट ठाउँहरुमा मतदाता भेटघाट गर्ने क्रममा उनले शिक्षा र स्वास्थ्यको पहुँच विना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताए । 

ईच्छाकामनामा अन्य ठाउँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहाँ विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उनले बताए । ‘मैले शिक्षा क्षेत्रमा हजारौ विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनेछु ।’ उनले भने । 

गुणस्तरीय  शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरीब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउँदै उनले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताए । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भईसकेको बताउँदै उनले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन उनले आग्रह गरे । ‘ हिजोका नेताले यहाँ के गरे मुल्यांकन गर्नुस् । मैले के गरे त्यो पनि तपाईहरुले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ ।’ श्रेष्ठले भने । 

यहाँको युवा महिला, बृद्धबृद्धाले दुःख पाएकोले यहाँको लागि  युवा महिला लक्षित  बिशेष कार्यक्रम ल्याइने उनको भनाई थियो । ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी , बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ ।’ श्रेष्ठले भने । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उनले बताए । ‘अब यस्ता ठाउँमा कृषिको प्रवर्द्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौति र आवश्यकता हो  र मेरो प्राथमिकता पनि हो ।’ उनले भने ।

आफू विपन्न गरिबको सेवा गर्न पाउँदा खुशी हुने भन्दै यो अवसर दिन उनले आग्रह गरे । भेटघाटका क्रममा ईच्छाकामनाको गरीब,विपन्न र चेपाङ समुदायले आफ्नो गाँस बास कपासको लागि सहज गरिदिन  श्रेष्ठलाई आग्रह गरेका थिए । उम्मेदवार श्रेष्ठ पछिल्लो समय ईच्छाकामना गाउँपालिकामा घरदैलो र मतदाता भेट्ने काममा सक्रिय रहँदै आएका छन । 

प्रतिक्रिया दिनुहोस