काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए । उनले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रहसमेत गरेका छन् ।
‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’ उनले भने,’अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि