काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमनेसमाने हुने बताएका छन् ।
काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'
त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।
यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ । यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए । काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’