माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १४ : ३९
माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।

मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा एकीकृत समाजवादीबाट रौतहट–१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

‘यहाँबाट स्पष्टीकरण सोध्ने निर्णय भएर पत्र पठाइएको छ’ निर्वाचन आयोग सम्वद्ध स्रोतले भन्यो, ‘मतदातालाई प्रभावित पार्नेगरी फ्रि भिसा, फ्रि टिकटको बारेमा दिएको अभिव्यक्तिका सन्दर्भमा उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।’

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस