काठमाडाैं । गैरआवासीय नेपाली संघले नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेकाे छ । बिहीबार एक कार्यक्रम गरी संघले खेलाडीद्वयलाई सम्मान गरेकाे हाे ।
संघकाे सचिवालयले आयाेजना गरेकाे कार्यक्रममा संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएकाे थियाे ।
गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।
संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्राे पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की