काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो।
बुधबार राजधानीमा आयोजित एक चुनावी कार्यक्रममा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीता दाहाल बिरामी भएपछि अध्यक्ष प्रचण्ड उपस्थित नभएको बताएका थिए। श्रेष्ठका अनुसार सीतालाई आपतकालिन अवस्थामा मेडिसिटी अस्पतालको आइसीयूमा भर्ना गरिएको छ।
‘हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका भयो। उहाँ अहिले मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ।’ श्रेष्ठले जानकारी गराउँदै भनेका थिए।
तर, सीतालाई केही महिनादेखि सीतालाई अस्पताल लानेरल्याउने क्रम चलिरहेको खुमलटार निकट स्रोतले जानकारी दियो। ‘चिकित्सकको सल्लाह अनुसार अस्पताल लाने ल्याउने त भइरहेको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘हिजोको कार्यक्रममा अध्यक्ष उपस्थित नहुनु भएपछि धेरैको चासो बढ्यो।’सीताको अहिले पनि अस्पतालको आइसीयूमा नै राखेर उपचार भइरहेको सचिवालय स्रोतले बतायो। सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।
प्रचण्डको सिन्धुली जाने कार्यक्रम स्थगित
पूर्वनिर्धारित चुनावी कार्यक्रममा सहभागी हुन आज (३ कात्तिक) प्रचण्ड सिन्धुली जाने कार्यतालिका थियो।
पत्नी सीतालाई आइसीयूमा राखेर उपचार गरिराखेकाले प्रचण्ड आज राजधानी केन्द्रीत कार्यक्रममै व्यस्त हुनेगरी सिन्धुलीको कार्यक्रम स्थगित गरेर बसेको स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड