राप्रपा कार्यकर्ताले झापा-१ मा सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने अध्यक्ष लिङ्देनको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १४ : १५
राप्रपा कार्यकर्ताले झापा-१ मा सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं  ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । 

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस