काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । प्रहरीले सात दिनको म्याद मागेको थियो । तर, अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा