काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ प्रचण्डको भनाइ छ ।
ललितपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी बलियो हुँदा परिवर्तन जोखिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’
उनले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफुहरुकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताए । उनले खासखास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरु सल्बलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'