देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १० : १२
देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

काठमाडौं । सरकारले आज (बुधबार) र भोलि (बिहीबार) आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। 

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि

सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस