काठमाडौं । सरकारले आज (बुधबार) र भोलि (बिहीबार) आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि
सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार