काठमाडौं । व्यवसायिक प्रबद्र्धन तथा तिहार पर्वलाई लक्षित गरी पोखरामा छैटौँ पुष्प मेला सञ्चालनमा ल्याइने भएको छ ।
पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् । पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिए ।
गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने बताइएको छ । पुष्प मेलामा रु आठ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
मेलामा सरकारी तथा विभिन्न सङ्घ संस्थाको सहयोग रहने जानकारी सो अवसरमा दिइएको थियो । प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ०८ : ०७
लेखकबाट थप