एजेन्सी । पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।
७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए ।
चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’
सोही सन्र्दभमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘ मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ ।
पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताए । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ कार्तिक २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत