सत्यमोहनको निधनमा सार्वजनिक बिदा

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १५ : ४४
सत्यमोहनको निधनमा सार्वजनिक बिदा

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक बिदा दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने बताए। 

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस