नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १३ : ५३
नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

आज बिहान पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको  मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाइएको थियो । लगत्तै डाक्टरले मृत घोषित गरे । 

प्रतिक्रिया दिनुहोस