एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा टोटेनहम हटस्पुरले सहज जित हात पारेको छ । उसले घरेलु मैदान टोटेनहम स्टेडियममा एभर्टनविरुद्ध २-०को जित हात पारेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले होज्बर्जले १र१ गोल गरे । खेलको ५९औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
८६औं मिनेटमा होज्बर्ज गोल गर्दै घरेलु टोलीलाई २-०को सहज जित दिलाए । यो जितसँगै १० खेलमा २३ अंक जोडेको टोटेनहम तेस्रो स्थानमा रहँदा पराजित एभर्टन समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा छ।
लिगअन्तर्गतकै अन्य खेलमा उल्फ्सले नटिङ्घम फरेस्टलाई १(० ले पराजित गर्दा फुलहमले बर्नमाउथसँग १(१ तथा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, ०७ : ४७
लेखकबाट थप