गौरिकाले आजका दुबै खेल नखेल्ने

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १६ : ४७
गौरिकाले आजका दुबै खेल नखेल्ने

पोखरा । अस्वस्थताका कारण गौरिका सिंहले आइतबारका दुई इभेन्ट नखेल्ने भएकी छन्।

आइतबार बिहान भएको महिलातर्फको २०० मिटर ब्याक स्ट्रोक र १०० मिटरको हिटमा सहभागी भए पनि साँझको फाइनल भने गुमाउने भएकी हुन्। पेट दुखेर अस्वस्थ भएपछि गौरिकाले साझको दुबै इभेन्ट गुमाउन लागेको आर्मी टिमका उप–व्यवस्थापक मेजर सागर शमशेर थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस