कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १६ : ३२
कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

काठमाडौं। नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । 

नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । 

साथै, उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनएका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले काँस्य पदक प्राप्त गरे ।

डुवानाले पनि राखे नयाँ कीर्तिमान 

पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनेन ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।
 

प्रतिक्रिया दिनुहोस