सातामा ११ सयले बढ्यो सुनको मूल्य

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, ११ : ५१
सातामा ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैँअघि कारोबार बन्द भएको दिनदेखि यो शुक्रबारसम्मको तुलनामा उक्त मूल्य बढेको हो ।

दसैं अघिको शुक्रबार ९१४ असोज० मा सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । सोही मितिमा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ छ ।

यो साताको आइतबार दसैंपछि पहिलो कारोबार खुल्दा सुनको मूल्य तोलामा एकैदिन ३०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार ८०० र मंगलबार १२ सय रुपैयाँले घटेको थियो । बुधबार तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर कायम थियो । शुक्रबार १०० रुपैयाँले घट्दै ९४ हजार १०० कायम भएको हो ।

यसैगरी, यस अवधिमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार असोज १४ गते शुक्रबार चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस