काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्। आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी नेताले बताए।
यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।
प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन्।
यसअघि यो क्षेत्रबाट बाबुराम भट्टराई चुनाव लड्ने भनेपनि उनि चुनावी मैदानबाट पछि हटेपछि उनको स्थानमा प्रचण्ड चितवन ३ छाडेर चुनाव लड्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असोज २०७९, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड