शताब्दी पुरूष जोशीकाे स्वास्थ्य अवस्था गम्भीर

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १० : ०८
शताब्दी पुरूष जोशीकाे स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको अवस्था गम्भीर रहेकाे छ ।

शरीरमा अक्सिजनको मात्रा घटेपछि बिहीबार आईसीयूमा राखेर थप उपचार थालिएका जाेशीकाे स्वास्वस्थ्यमा आज झनै गम्भीर समस्या देखिएकाे उनी उपचाररत किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएकाे छ ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । हिजाे फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

डेङ्गी संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस