चितवनमा जुस उद्योगमा आगलागी

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, ०७ : ५६
चितवनमा जुस उद्योगमा आगलागी

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

आगो आज बिहान ४ बजेदेखि लागेको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस