अन्य दलका मन्त्री हटाउने मुख्यमन्त्री राउतको तयारी

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, २१ : १०
अन्य दलका मन्त्री हटाउने मुख्यमन्त्री राउतको तयारी

जनकपुरधाम । संघीय सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका चार जनालाई पदमुक्त गरेपछि मधेस प्रदेशमा जसपाले अन्य दलका मन्त्रीलाई पदमुक्त गर्ने तयारी गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई फोनमार्फत राजीनामा दिन आग्रह गरेका हुन्। संघ सरकारबाट आफ्ना पार्टीका मन्त्रीहरुलाई हटाइएपछि राउतले प्रदेशका मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरेको बताइएको छ।

राजीनामा नदिइए पदबाट बर्खास्त गर्ने बताएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए। यादवले तीन वटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिए।

यता मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई अहिले नै हटाउने तयारी नगरिएको दाबी गरे। मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई हटाउने विषयमा विचार गर्न सकिने बताए।

संघमा मन्त्रीहरुलाई हटाइएपछि यहाँ पनि हटाउन सकिने तर अहिले त्यस्तो कुनै तयारी नगरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस