काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो निर्वाचित हुने प्रणालीतर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छपाइको काम थालिएको हो । मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहने आयोगले जनाएको छ ।
बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव