काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो निर्वाचित हुने प्रणालीतर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छपाइको काम थालिएको हो । मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहने आयोगले जनाएको छ ।
बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने