काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो । ‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति