सत्यमोहन जोशी फेरि आइसीयूमा

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, १५ : ५७
सत्यमोहन जोशी फेरि आइसीयूमा

काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीरमा अक्सिजनको मात्रा कम भएपछि पुनः आइसीयूमा सारिएको छ । अक्सिजन सिच्युरेशन लेभलको कमी भएकाले उनलाई आइसीयूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राध्यापक डा। सुरज बज्राचार्यले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि जोशीको किष्ट अस्पतालमा उपचार भइरहेको छ । उनलाई निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स दिइरहनु पर्ने देखिएको अस्पतालले जनाएको छ ।

जोशीलाई यही असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । उनले दोहोरो सम्बाद गर्न थालेपछि हिजो क्याबिनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस