एजेन्सी । नेटो नेतृत्वको गठबन्धनले युक्रेनलाई रुसविरुद्ध लड्न थप सघाउने भएको छ । युक्रेनका लागि परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो बनाउने नेटेको घोषणा छ ।
रुसद्वारा भएका पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई सहयोग दिने वाचा गरेका हुन् । अमेरिकाले भने अमेरिकाले यसअघि नै त्यस्तो वाचा गरिसकेको थियो ।
जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ । ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता वाचाहरू गरिएका हुन् ।
यस निर्णयको स्वागत गर्दै युक्रेनले उक्त सम्मेलनलाई ‘ऐतिहासिक’ भनेको छ । गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको बताइएको छ । यसपछि युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो बनाउन नेटो आबद्ध शक्तिराष्ट्रहरु कस्सिएका हुन् ।
रुसले गरेका ती हमलामा केही नागरिकहरु मारिएका छन् भने कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ ।रुसको यो, निर्ममु हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय जगतले निन्दा गरेको छ । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने ती हमलाहरू रुसको अधीनमा रहेको क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भनेर बताएका छन् ।
क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ असोज २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका