रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया(६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन ।
उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो ।
सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिएका छन् । बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ