काठमाडौं । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।
उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति