बार्यन म्युनिख च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, ०८ : ०३
बार्यन म्युनिख च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा

एजेन्सी । बार्यन म्युनिखले युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

समूह चरणमा अपराजित रहँदै आएको बार्यनले गएराति भिक्टोरिया प्लेजमाथि ४-२ गोल अन्तरको जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समूह चरणमा अझैं बार्यनले २ खेल खेल्न भने बाँकी रहेको छ ।  

बायर्नको जितमा लियोन गोरेट्जकाले दुई गोल गर्दा साडियो माने र थोमस मुलरले एक एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल फर्काए ।

समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।   प्लेजेन अंकविहीन रहेको छ । यही समूहमा रहेको बार्सिलोना र इन्टर मिलानले भने गएराति ३(३ गोलको बराबरी खेलेका छन् । इन्टर दोस्रो तथा बार्सिलोना तेस्रो स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस