चितवन । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।
उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति