फेसबुक संस्थापकै फलोअर घटेर १० हजारभन्दा कम !

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १६ : ३२
फेसबुक संस्थापकै फलोअर घटेर १० हजारभन्दा कम !

काठमाडौं । समाजिक सञ्जाल फेसबुककाे सुरक्षा कमजोरीका कारण रातारात लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर घटेर १० हजारभन्दा कम भएका छन् ।बुधबार बिहानबाट चर्चित प्रयोगकर्ताका फलोअरको सङ्ख्या एकाएक घट्न थालेपछि सबैले गुनासाे गरेका छन् ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गकै फलोअर ११ करोड ९० लाखबाट घटेर रातारात ९,९९५ मा सीमित भएका छन् ।त्यस्तै अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइलबाट पनि लाखौँको सङ्ख्यामा रहेका फलोअर घटेर ९ हजारको हाराहारीमा खुम्चिन थालेका छ ।

यसको वास्तविक कारण के हो भन्ने कुरा हालसम्म आधिकारिक तवरमा बाहिर आइसकेको भने छैन । तर यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस