काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएको बताएका छन। अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएको बताएका हुन।
भिडियोमा भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’
चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्याए ।उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए ।
२०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’