डडेल्धुरामा एमालेले फिर्ता लियो उम्मेदवारी, मल्ललाई समर्थन गर्ने

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १५ : २६
डडेल्धुरामा एमालेले फिर्ता लियो उम्मेदवारी, मल्ललाई समर्थन गर्ने

काठमाडौं । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्नेहीको नाम फिर्ता लिन निवेदन पेस गरेका थिए । उमेदवारी फिर्तासँगै अब एमालेले प्रतिनिधिसभातर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ।

सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन्। प्रदेश क मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र ख मा नेपाली काँग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ ।  

प्रतिक्रिया दिनुहोस