काठमाडौं । सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।
५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्याेरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार