वीरगञ्ज । करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर वीरगञ्ज महानगरपालिका- २६ रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका-३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको हो ।
अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए । यसैगरी, वीरगञ्ज महानगरपालिका(८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका( ९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका साहलाई उपचारको लागि आसाराम अस्पतालमा वीरगञ्ज पठाइएकोमा उनको मृत्यु भएको प्रहरी प्रवक्ता गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु