एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको मिसाइल आक्रमणको विश्वका धेरै देशले निन्दा गरेका छन् । अमेरिकाले रुसले विश्वविद्यालय र बालबालिकाको खेल मैदान लगायतका नागरिकलाई निशाना बनाएको बताएको छ । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन पनि दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटको प्रतिक्रियामा आक्रमण भएको बताएका छन् ।
रुसले सोमबार ८३ वटा क्षेप्यास्त्र प्रहार गरेको र जसमध्ये ४३ वटा हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘युक्रेनलाई डराउन सकिँदैन । यी सबै कुराले हामीलाई थप एकताबद्ध बनाउनेछ।’
राजधानी किभबाहेक रुसले युक्रेनको लवीव, खार्किभ, द्नीप्रो, जापोरिज्ज्यामा पनि आक्रमण गरेको थियो । यी शहरहरू विगतमा पनि रुसको निशानामा थिए र पछिल्ला महिनाहरूमा यहाँ धेरै विनाश भएको छ।
एक अधिकारीले सोमबारका यी आक्रमणमा झण्डै १४ जनाको ज्यान गएको र कैयौं घाइते भएको बताए । आक्रमणका कारण धेरै सहरमा बिजुली र पानी आपूर्ति अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु