वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १० : ४६
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो । 

असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । 

पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुचि हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ ।  अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएको र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण मल्मोनोलोजिस्ट तथा इन्टरनल मडिसिन विभागसँगको सल्लाहमा आइतबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको बताए ।

किष्ट अस्पतालले जोशीको स्वास्थ्य उपचारमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस