काठमाडौँमा चिसो बढ्यो

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, ०८ : ०५
काठमाडौँमा चिसो बढ्यो

काठमाडौं । काठमाडौँमा चिसोपन बढेको छ ।

 यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव प¥र्यो । जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आखिर किन चाँडै चिसो बढ्यो त ? महाशाखाका मौसमविद् हिरा भट्टराई भन्छन्, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम ।”
    
उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ । पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईको भनाइ छ।