भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, ०६ : ३१
भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको उम्मेदवारी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ।

यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ (ख) (भक्तपुर) मा सुरेन्द्रराज गोसाई रहेका छन्।

प्रतिक्रिया दिनुहोस