काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आइतबार हुँदैछ । देशका एक सय ६५ प्रतिनिधिसभा र प्रदेश सभाको तीन सय ३० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।
मनोनयन दर्ताअनुसार अहिलेसम्म प्रत्येक पार्टीमा असन्तुष्टि उत्पन्न भई स्वतन्त्र र बागी उम्मेदवारी दिने लहर चलेको छ । जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ ।
पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् ।
अहिलेसम्म तीन नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन् । केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ र अजय द्विवेदीले पर्सा १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र राय यादवलाई टिकट दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस