रुपन्देही । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित भएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।
क्षेत्र नम्बर ३ (ख)बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
बाेहराकाे प्रतिस्पर्धा गृहमन्त्री तथा कांग्रेस नेता खाणसित हुन लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग